मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Wednesday, 02 September, 2026
२o७९ फाल्गुण २९ सोमबार १४:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा दूध बोकेको गाडी पल्टिँदा आठजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १४:३१:oo

गोरखा सदरमुकामस्थित बिसौनीमोडमा सवारी दुर्घटना हुँदा आठजना घाइते भएका छन्।

सोमबार दिउँसो १ बजे बिसौनीमोडमा दूध बोक्ने गाडी पल्टिँदा ६ पुरुष र दुई महिला गरी आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रदेश नं. ३ को ०१–००३–६१७० नम्बर दूध बोक्ने गाडी पल्टिएको हो। दूध बोक्ने गाडी पैदयात्रीलाई समेत ठक्कर दिएर तल पल्टिएको डिएसपी लीलाराज लामिछानेले बताए। सोही गाडीले बा.८६प १७८६ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो।

मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। सवारी दुर्घटनाबाट घाइते भएका आठजनाको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।