Skip This
मूल्यवृद्धि ८ प्रतिशतनजिक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मूल्यवृद्धि ८ प्रतिशतनजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५५:oo

उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा नाघेको छ। चालू आर्थिक वर्ष ०७९/८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ। 

तर, नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत पुगेको देखिएको हो। गत आर्थिक वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ६.२४ प्रतिशत थियो। 

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ। 

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ।

त्यस्तै, मदिराजन्य पेयपदार्थमा ८.७८ प्रतिशत र मरमसलामा ८.०४ प्रतिशतले मूल्यवृद्धि देखिएको छ। गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १५.५८ प्रतिशत र स्वास्थ्य क्षेत्रको १०.३९ प्रतिशतले बढेको छ।

त्यसैगरी, घरायसी उपयोगका वस्तुको मूल्यवृद्धि ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ। 

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मूल्यवृद्धि देखिएको छ।

गत वर्ष माघ महिनामा यी क्षेत्रमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो। 

गत माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ९.६७ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.३४ प्रतिशत रहेको थियो।