Skip This
सुजुकीको ग्रान्ड भिटारा र नयाँ ब्रेजा पोखरामा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १o:३६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुजुकीको ग्रान्ड भिटारा र नयाँ ब्रेजा पोखरामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३६:oo

सुजुकीले हालै बजारमा ल्याएका दुई नयाँ एसयुभी द ग्रान्ड भिटारा र ब्रेजा पोखरामा सार्वजनिक गरिएको छ । सुजुकीको गण्डकी र धौलागिरिको आधिकारिक विक्रेता बतास ब्रदर्स प्रालिले कार बिक्रीका लागि पोखरा भित्र्याएको हो ।

यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख डिल्लीराज रिजाल, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र बतास ब्रदर्सका सिओओ राजेश रानाभाटले संयुक्त रूपमा गाडी सार्वजनिकसँगै बिक्रीका लागि खुला गरेका हुन् । दुई गाडीमध्ये भिटाराको मूल्य ६३ लाख ९९ हजारबाट सुरु भई ८८ लाख २९ हजार रहेको छ भने नयाँ बेज्राको ४४ लाख ९९ हजारदेखि ५६ लाख २९ हजार रहेको छ । 

यस्तो छ ग्रान्ड भिटारा
कलात्मक रूपमा नयाँ पिँढीका ग्राहकको रोजाइअनुसार नयाँ युगको प्रविधि प्रयोग गरी क्राफ्टेड फ्युचरिजम डिजाइनबाट तयार गरिएको ग्रान्ड भिटारामा दुई फरक इन्जिनका विकल्पहरू रहेका छन्, १.५ इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिन रहेको, दोहोरो पावर प्रणाली वितीय मोटर र पेट्रोल इन्जिन, आफैँ चार्ज हुने पावरफुल इलेक्ट्रिक हाइब्रिड इन्जिन प्रयोग गरिएको छ ।

फरक बाटोका लागि फरक–फरक ड्राइन मोडहरू इभी, इको, पावर एन्ड हाइब्रिड इन्जिन रहेको गाडीमा उत्कृष्ट पावर र पिकअप सुविधा, २७.९७ किमि प्रतिलिटर माइलेज दिने गाडीमा ब्रेक इनर्जी रि–जेनेरेसन र टर्क असिस्ट, आइडल स्टार्ट स्टप क्षमता रहेको छ । रंगीन हेड्स अप डिस्प्ले रहेको गाडीमा ३५० डिग्री क्यामरा र पार्किङ सेन्सरसँगै २२.८६ सेमि स्मार्ट प्लो प्रो–इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

 चालक–सहचालकलाई भेन्टिलेटेड सिट रहेको गाडी सुजुकी टेक्ट प्लेटफर्ममा निर्मित भिटारामा ६ वटा एयरब्याग, चारवटै चक्कामा डिक्सब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोन, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरी सिस्टम जडान गरिएको छ ।

यस्तो छ नयाँ ब्रेजा
आधुनिक आरामदायी इन्टेरियर डिजाइनमा तयार गरिएको गाडीमा गुणस्तर र प्रिमियम ड्यासबोर्ड, फरक ड्राइभिङ अनुभवका लागि इन्टेरियर एमबिएन्ट लाइट, फराकिलो इस्ट्रुमेन्टर प्यानल, रंगीन मल्टी इन्फर्मेसन डिस्प्ले जडान गरिएको छ ।

नयाँ पुस्ताका ग्राहकका लागि नेक्स्ट जेन टेक्नोलोजी रहेको गाडीमा रंगीन हड्स हप डिस्प्ले, ३६० डिग्री क्यामरा र पार्किङ सेन्सर, २२.८६ सेमि स्मार्ट प्लो प्रो–इन्फोटेन्मेन्ट सिस्टम, ६ एयर ब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र हिलहोल्ड असिस्ट, २० बढी सुरक्षा सुविधा रिभर्स, पार्किड सेन्सर, हाई–स्पिड अलर्ट सिस्टम, चाइल्ड सिट रिस्ट्रेस्ट सिस्टम, नेक्स्ट जेन पावरट्रेन र ट्रान्समिसनलगायतका सुविधा रहेको प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रणालीयुक्त नेक्स्ट–जेन के सिरिज, १.५ लि. डुअल जेट डुअल भिभिछी इन्जिन रहेको गाडीले प्रतिलिटर २०.१५ किमि माइलेज दिनेछ ।