१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २१:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनसम्बन्धी छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २१:o५:oo

नेपाल इन्टरमोडल यातायात विकास समितिले चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालन सम्बन्धमा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेको छ । 

शुक्रबार चोभारको सुख्खा बन्दरगाहको कार्यालयमा काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिकका, काठमाडौं उपत्यका ट्राफिक कार्यालय, ललितपुर महानगर नगर प्रहरी प्रमुख, नेपाल फ्रेट फरवार्डर्स एशोसिएसन, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरिएको हो । 

कार्यक्रममा चोभार सक्खा बन्दरगाहमा उपलब्ध सेवा, सुविधा एवं उक्त सेवा सुविधा उपयोग गरेवापत सेवाग्राहीले तिर्नु पर्ने सेवाशुल्कबारेमा जानकारी गराइएको थियो । 

साथै, कार्यक्रममा उपस्थित सरोकारवाला निकायका प्रतिनिधिहरूले उक्त आन्तरिक टर्मिनल प्रयोग विधि, सवारीसाधनको पार्किङ व्यवस्थापन, श्रमिक व्यवस्थापन, मालसामानको बीमाआदि सम्बन्धमा जिज्ञासा राखेका थिए । 

छलफलमा सरोकारवालाहरूबाट उठाइएका जिज्ञासाहरूको जवाफ समितिका कार्यकारी निर्देशक आशिष गजुरेल तथा चोभार सुक्खा बन्दरगाह कार्यालयका कार्यालय प्रमुख हेमेन्द्रमोहन शाहीले दिएका थिए । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष ई. तपेन्द्रबहादुर खड्का र उपत्यका ट्राफिक कार्यालयलका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले यस सम्बन्धमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

काठमाडौं प्रवेश गर्ने ढुवानीका साधनहरूलाई आगामी दिनहरूमा सडक किनारामा मालवाहक सवारीसाधन पार्किङ तथा तथा सामान लोड÷अनलोड गर्न नदिने र उक्त कार्यको लागि चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल प्रयोग गर्ने सम्बन्धमा आवश्यक सहयोग हुने उनीहरूको भनाइ छ ।

ad
ad