Skip This
राष्ट्रपति पौडेललाई पाकिस्तानी समकक्षीकाे बधाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २६ शुक्रबार १९:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेललाई पाकिस्तानी समकक्षीकाे बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार १९:१८:oo

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानका समकक्षीले बधाई दिएका छन् । 

पाकिस्तानी राष्ट्रपति डा. आरिफ अल्भीले राष्ट्रपतिको आधिकारिक ट्विटर अकाउन्टमार्फत पौडेललाई बधाई दिएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई दिने अल्भी पहिलो समकक्षी हुन् । 

उनले बधाई सन्देशमा भनेका छन्, ‘सम्माननीय रामचन्द्र पौडेल नेपालको अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल–पाकिस्तान सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न उत्साही छु ।’