मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार ०७:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यादेवी भण्डारीको राष्ट्रपति कार्यकाल गौरवपूर्ण : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार ०७:१५:००

एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय भएको बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुधबार अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा ओलीले भण्डारीले सात वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै प्रशंसा गरे । 

‘तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्ति विद्या भण्डारीले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा सफलतापूर्वक नेतृत्व गर्नुभयो । यसमा हामीले गौरव गर्नुपर्छ,’ उनले भने । भण्डारीले प्रथम महिला राष्ट्रपतिका रूपमा गौरवपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । 

राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो संकीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको समेत मर्यादा नगरेर बकवास गर्ने गरेको टिप्पणी ओलीको छ । ‘आफ्ना संकीर्ण छुद्र स्वार्थ पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको समेत मर्यादा नराखेर बकवास गरेका हुन सक्छन्, ती कुराको खास अर्थ छैन,’ उनले भने ।