१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बैठक कोठालाई आकर्षक देखाउने ९ बिरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार ११:१३:oo

पिस लिली : पिस लिली ‘एयरप्युरिफाई’ प्लान्ट हो । यसले शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ । आकर्षक देखिने भएकाले यो प्लान्टलाई घरभित्रै सजाउन सकिन्छ । यसको फूल सेतो रङको हुन्छ, जो निकै आकर्षक देखिन्छ । यसलाई गमलामा रोपेर तपाईंको बैठक कोठामा सजाउन सकिन्छ । 

विपिङ फिग : यसका पात निकै चम्किला हुन्छन् । यसले पनि वातावरणको हावालाई शुद्ध गर्छ । यसलाई कोठामा कम प्रकाश हुने ठाउँमा राख्नुपर्छ । 

फिलोडेन्ड्रोन : यसका पात चम्किलो गाढा हरियो हुन्छ । यसलाई घरको जुनसुकै कुनामा राख्न सकिन्छ । 
पोथोस : पोथोस घरका जुनसुकै कोठामा पनि राख्न सकिन्छ । धेरै राम्रो बैठक कोठामै राख्दा हुन्छ । पोथोसको गमलालाई हैंगिङ बास्केटमा राख्न पनि सकिन्छ । 

पोनीटेल पाम : पोनीटेल पाम निकै सुन्दर बिरुवा हो । यसको लामो र पातलो पातले ताजा अक्सिजन सप्लाई गर्छ । हावा शुद्ध बनाउँछ । 

ड्रेकेना : यसले कोठामा पर्याप्त हावा फैलाउँछ । र, हावालाई शुद्ध पनि राख्छ । यसलाई भरपूर रूपमा अप्रत्यक्ष प्रकाश चाहिन्छ । 

रबर प्लान्ट : रबर प्लान्ट बहुगुणी बिरुवा हो । यो निकै सुन्दर देखिन्छ । यसले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोस्छ । कम प्रकाशमा पनि यो राम्ररी हुर्कन्छ । 

जरबेरा डेजी : यो निकै सुन्दर बिरुवा हो । यसको फूल विभिन्न रङको हुन्छ ।

स्नेक प्लान्ट : स्नेक प्लान्टले रातको समयमा कार्बनडाइअक्साइड सोस्छ । यसले एलर्जी कम गर्न पनि सघाउँछ । यसलाई घरको कुनै पनि कोठामा लगाउँदा हुन्छ । बैठक कोठामा सजाउँदा राम्रो देखिन्छ । 

ad
ad