Skip This
जनकपुरधामका मेयर साहलाई ‘महामूर्ख’को उपाधि
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format २१:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनकपुरधामका मेयर साहलाई ‘महामूर्ख’को उपाधि

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format २१:४३:oo

जनकपुरधाम उपमहानरपालिकाका मेयर मनोजकुमार साहले यस वर्षको महामूर्खको उपाधि पाएका छन्।

होलीको अवसरमा जनकपुरका मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गरेको महामूर्ख सम्मेलनमा साहले महामूर्खको उपाधि प्राप्त गरेका हुन्। मेयर साहसँगै मिनापले अन्य १२ जनालाई पनि विभिन्न उपाधि दिएकोे छ।

महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डललाई वैशाखनन्दन, सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुणलाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवयित्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनास्टिक माध्यमिक विद्यालयका निर्देशक डा. सोनुकुमार साहलाई बज्रकिटको उपाधि दिइएको छ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं संवर्द्धग गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ।