Skip This
अपडेट : अवरुद्ध राजमार्ग खुल्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Tuesday, 16 September, 2025
२o७९ फाल्गुण २१ आइतबार १५:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अपडेट : अवरुद्ध राजमार्ग खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार १५:४६:oo

त्रिभुवन राजपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १ चौकीटोलस्थित तिरतिरे धारानजिक शनिबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको विषयलाई लिएर आइतबार अवरुद्ध गरिएको  राजमार्ग खुलेको छ।

मृतक हेटौँडा– ६ चौघडाका कृष्णप्रसाद सापकोटा सवार मोटरसाइकललाई ठक्कर दिने सवारीको पहिचान गर्ने प्रहरीको प्रतिबद्धतापछि हेटौँडा– १० स्थित जिल्ला प्रहरी कार्यालयअगाडि अवरुद्ध राजमार्ग खुकेको हो।

मृतक सापकोटाका आफन्त र स्थानीयसँगको छलफलमा ठक्कर दिने सवारीको छिटोभन्दा छिटो पहिचान गर्ने र कारबाही प्रक्रिया अघि बढाउने सहमतिपछि अवरुद्ध राजमार्ग सञ्चालन भएको हो। 

शनिबार बिहान करिब ११ बजेतिर भएको दुर्घटनामा घाइते सापकोटाको उपचारका क्रममा मृत्यु भए पनि आइतबार दिउँसोसम्म ठक्कर दिने सवारीको पहिचान हुन सकेको थिएन।

राजमार्ग अवरुद्ध गर्दै घटनामा संलग्न सवारीको पहिचान, दोषीलाई कारबाही र उचित राहत उपलब्ध हुनुपर्ने मृतकका आफन्त र स्थानीयले माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको र शंकास्पद एउटा सवारीसाधन र त्यसको चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिए।

मृतक सापकोटाको हेटौँडा अस्पतालमा पोस्टमार्टम गरिएको र शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको निरीक्षक घिमिरेले बताए।