१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा जान्छ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले राष्ट्रपतिको निर्वाचनपश्चात् कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्।

नेपाल शिक्षक संघ बागलुङको २२औँ जिल्ला प्रतिनिधिसभा तथा नवौँ जिल्ला अधिवेशनको शनिबार बागलुङमा उद्घाटन गर्दै पौडेलले फागुन २५ गतेपश्चात् कांग्रेस सरकारमा सहभागी हुने बताए। 

उनले संघीय सरकार नेकपा माओवादी केन्द्रले नेतृत्व गरेपछि अन्य प्रदेश सरकारमा भने कांग्रेसको पनि नेतृत्व हुने जानकारी गराए। उनले राष्ट्रपतिमा नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको दाबी गरे। 

‘हामीले राष्ट्रपतिका उम्मेदवार जिताउँछौँ, त्यो ढोक्सा थापेको हाेइन,’ पौडेलले भने, ‘हामीले जिताएको राष्ट्रपति संविधानको मर्मअनुसार चल्नुहुनेछ। उहाँ अब कांग्रेस हाेइन मुलुकको राष्ट्रप्रमुख हो। बरु धर्ती–आकाश जोडिएला, रामचन्द्र पौडेलले हार्नुहुने छैन।’ 

कांग्रेससहित सात दलसँगै रहेको हुँदा संविधानको रक्षाका निम्ति पनि पौडेललाई नै सबैले मतदान गर्ने उनले बताए। पाैडेलले हालका राष्ट्रपति विद्यादेवी भण्डारी कुनै दलको अनुवाइ भएर काम गरेको आरोप लगाए। 

‘राष्ट्रपतिले पदको मार्यादा उल्लंघन गर्नुहुँदैन। अब त्यस्तो हुँदैन, राष्ट्रपतिको पदको मर्यादा सुरक्षित गर्नका निम्ति कांग्रेसले उम्मेदवार प्रस्तुत गरेको हो। जब राष्ट्रपतिमा निर्वाचित हुनुहुन्छ उहाँ कुनै प्रधानमन्त्रीको अनुवाइ हाेइन जनताबाट निर्वाचित राष्ट्रप्रमुख हो।’

उनले कुनै पनि निर्णय पुनर्विचार गरेर मात्र प्रमाणित गर्ने राष्ट्रपति देशका लागि आवश्यक रहेका कारण कांग्रेसले रामचन्द्र पौडेल नै रोजेको बताए। 

पौडेलले राज्यले शिक्षा प्राथमिकतामा राख्न नसकेका कारण शिक्षा क्षेत्रको लगानी बालुवामा पानी हालेसरह भएको बताए। उनले अब शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिए। 

नेपालमा शिक्षकको पेसागत मर्यादाको ख्याल गर्ने संस्था भनेकै नेपाल शिक्षक संघ रहेको भन्दै पौडेलले अब शिक्षकले पनि बदलिँदो अवस्थालाई हेरेर शिक्षण सिकाइलाई परिवर्तन गर्दै लैजानुपर्नेको तर्क थियो।