मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
२०७९ फाल्गुण २० शनिबार १३:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेउघाका २११ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २० शनिबार १३:००:००

रोल्पा नगरपालिकाको वडा नं. २ रेउघामा रहेको पिताराज आधारभूत विद्यालयका २११ विद्यार्थीको आँखा तथा दाँतको निःशुल्क परीक्षण गरिएको छ।

जिल्लाको सत्प्रयास समूहको आयोजनामा रोल्पा अस्पतालमा कार्यरत डा. पुजा कुँवरको नेतृत्वमा रहेको चिकित्सकको टोलीले ९१ जनाको दाँत र १२० जनाको आँखा परीक्षण गरेको हो।

शुक्रबार आयोजित शिविरमा ९१ जनाको दाँत चेकजाँच गरिएकोमा ४७ जनाको दाँत फालिएको डा. कुँवरले जानकारी दिइन्। ‘१२ वर्षमुनिका बच्चाहरूको एकपटक अनिवार्य दाँत जान्छ,’ उनले भनिन्, ‘हल्लिएको वा फाल्ने अवधि भएको यकिन गरेर मात्र निकाल्छौँ। यसबारे अभिभावक गम्भीर भएको देखिँदैन।’ पिताराज आधारभूत विद्यालयमा पनि कतिपय किरा लागेका तथा हल्लिएका दाँतलाई फालिएको डा. कुँवरले जानकारी दिइन् ।

त्यस्तै, आँखा परीक्षणमा कतिपयको आँखा कमजोर रहेको पाइएको चिकित्सक दीपा भण्डारीले बताइन्। आँखाजस्तो संवेदनशील अंगको विषयमा हेलचेक्र्याइँ गर्दा कतिपयले आँखा गुमाउनुपरेको उदाहरण दिँदै उनले यस्तो कुरामा अभिभावक चनाखो हुनुपर्ने बताइन्। जिल्लास्तरको अस्पताल परिसरमै यस प्रकारको बिरामी भेटिनु दुःखद भएको भन्दै रोल्पा अस्पतालका सिनियर अहेव तथा सत्प्रयास अभियन्ता कुलबहादुर डाँगीले चेकजाँचका साथै सचेतना पनि जरुरी रहेको बताए।

त्यस्तै, शिविरकै अवसरमा सत्प्रयास समूह रोल्पाले कक्षा ३ सम्मका विद्यार्थीलाई दाँत माझ्ने ब्रस वितरण गर्नुका साथै स्वास्थ्य सचेतनासमेत प्रदान गरेको छ। दाँत स्वास्थ्यका बारेमा डा. पुजा कुँवर, आँखा स्वास्थ्यका बारेमा दीपा भण्डारी, जङफुडलगायतका विषयमा कुलबहादुर डाँगी र सत्प्रयास समूह र यसको अभियानबारे खेम बुढामगरले प्रस्ट्याएका थिए।