१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १३:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारी कार्यकारी बन्न खोजेको उपाध्यक्ष अर्यालको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:४o:oo

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छिन् । बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

एमालेले जुनकुनै विधेयक लगे पनि पास गर्ने, तर अन्य पार्टीले लगेको विधेयक पास नगर्ने गतिविधिहरूका कारण राष्ट्रपति एमालेको मात्रै जस्तो देखिएको उनको टिप्पणी छ । नागरिकता विधेयक संसदबाट दुईपटक पास गरेर लैजाँदासमेत राष्ट्रपतिले फर्काउनु गलत भएको उपाध्यक्ष अर्यालले प्रस्ट पारिन् ।

‘यहाँ कस्ताकस्ताले नागरिकता पाए त्यो वेलामा । हाम्रै देशका सन्तानले पाउनुभएको छैन । दुई–दुईपटक पठाउँदा फर्काउनुभयो राष्ट्रपतिले । त्यो पीडादायी छ । कसको इसारामा फर्काउनुभयो ? राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ । एकपटक फर्काउनु ठीक छ, तर दोस्रोपटक पठाएपछि पनि फर्काउनु भनेको संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ र ?’ उनले भनिन् ।

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेको बताइन् । उनले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पार्टीभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोच्चतामा राखेर काम गर्नुपर्ने प्रस्ट्याइन् ।

ad
ad