१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हेटौँडामा बागमतीस्तरीय सूचना प्रविधि मेला हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:१५:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेशस्तरीय क्यान इन्फोटेक (सूचना प्रविधि) मेला हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ, मकवानपुरको आयोजनामा चैत २ देखि ६ गतेसम्म मेला हुने भएको हो ।

आयोजकले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित रोयल पार्टी प्यालेसमा मेला आयोजना गर्ने जानकारी दिएको छ । मेलाका संयोजक एवं क्यानका बागमती प्रदेश अध्यक्ष पुष्पराज पुडासैनीले प्रविधिको बढ्दो प्रयोगलाई ध्यान दिँदै नयाँ प्रविधिको विकास र यसको उपयोगको बारेमा जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताए । मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, विविध सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिकेसन डिजाइन, बिमालगायतका प्रदर्शनी र बिक्री कक्ष गरी ४० वटा स्टल रहने उनको भनाइ छ । 

मेलामा कृषिमा प्रविधिको प्रयोग, नेटवर्किङ र सिसिटिभीसम्बन्धी तालिम, शिक्षक, विद्यार्थी तथा युवालक्षित साइबर सुरक्षाजस्ता तीनवटा आइसिटी सेमिनारसमेत सञ्चालन गरिने संयोजक पुडासैनीले बताए । मेलाको आकर्षणका रूपमा राष्ट्रिय रोबोट प्रदर्शनी र राष्ट्रिय पबजी प्रतिस्पर्धाको समेत आयोजना गरिने जनाइएको छ । दुई विधामा हुने रोबोट प्रतिस्पर्धा र पबजी प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक पुडासैनीले बताए ।

एक लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको मेलामा प्रवेशका लागि सर्वसाधारणलाई २५ रुपैयाँ र विद्यार्थीका लागि १० रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

ad
ad