१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
क्रिस्टोफर हेलाली
२o८१ जेठ ५ शनिबार o८:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चिनियाँ आधुनिकीकरण : विश्वशान्ति र समृद्धिको हितमा

Read Time : > 2 मिनेट
क्रिस्टोफर हेलाली
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:३o:oo

अक्टोबर २०२२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय सम्मेलनमा चिनियाँ आधुनिकीकरणबारे पहिलोपटक छलफल भएको थियो । चीनको पुनरुत्थानको मार्गमा समृद्धि, स्थिरता र शान्ति सुनिश्चित गर्न चीनमा आधुनिकीकरण आवश्यक थियो ।

राष्ट्रपति सी जिनपिङका अनुसार चिनियाँ आधुनिकीकरणले चीनलाई मात्र नभई सम्पूर्ण विश्वलाई फाइदा पुर्‍याउँछ । अर्थात्, चीनको आधुनिकीकरण र निरन्तर विकासले चिनियाँ जनताको जीवनस्तर र समृद्धि मात्र नभई विश्वकै समृद्धि पनि बढाउँछ । चिनियाँ समृद्धि द्वन्द्वात्मक रूपमा विश्वव्यापी समृद्धिसँग जोडिएको छ । अर्थात् चीनको समृद्धिले बाँकी विश्वलाई फाइदा पुर्‍याउँछ र बाँकी विश्वको समृद्धिले चीनलाई फाइदा पुर्‍याउँछ ।

औपनिवेशिकताको जुवामुनि चीनियाँले बर्बरता, अन्याय र राष्ट्रिय स्रोतको लुटपाट पुस्तौँसम्म भोगेका थिए । तर, चिनियाँ जनता आज बलिया र स्वाभिमानी भएका छन् । चिनियाँ जनताले अब विदेशीलाई आफ्नो घरेलु मामिलामा हस्तक्षेप गर्न दिनेछैनन् । साम्राज्यवादी राष्ट्रले अब चीनियाँ जनताको प्राकृतिक सम्पदा र अन्य सम्पत्तिमा लुट मचाउन सक्नेछैनन् । लामो समयको प्रयास र बलिदानबाट संकलन गरिएको ज्ञान आधुनिकतातर्फको चीनियाँ मार्गको जग हो । र, यो चीनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनबाट आएका दस्ताबेज र नीतिमा पनि झल्किएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी जिनपिङको निर्देशनमा चीनियाँ कम्युनिस्ट पार्टी सबै क्षेत्रमा समाजवादी आधुनिकीकरणको लक्ष्य हासिल गर्न समर्पित छ । अर्थात्, आगामी दशकमा चीन एक शक्तिशाली, समृद्ध, लोकतान्त्रिक, शान्तिपूर्ण, अत्याधुनिक, प्राविधिक र पर्यावरणीय रूपमा दिगो राष्ट्रका रूपमा विकसित हुनेछ । विगत केही वर्षमा चरम गरिबी न्यूनीकरणमा भएको चीनको सफलताले चीनियाँ जनतामाझ समृद्धि ल्याउने चिनियाँ कम्युनिस्ट पार्टीको समर्पणलाई बाह्य विश्वसामु देखाएको छ । यो सफलताले चिनियाँ विशेषतासहितको समाजवादमा आधारित जनकेन्द्रित अवधारणाप्रति चीनको प्रतिबद्धता झल्काउँछ ।

चिनियाँ आधुनिकीकरण जनकेन्द्रित विश्व दृष्टिकोणमा स्थापित भएको छ जब कि पश्चिमा जगत्का सैन्य–औद्योगिक प्रणालीमा मृत्युको कारखानामा लगानी हुन्छ 

अहिले विश्व अर्थतन्त्रलाई अगाडि बढाउने मुख्य शक्ति चीनको अर्थतन्त्र हो । सन् २०२२ मा चिनियाँ अर्थतन्त्रले एक सय ७३ खर्ब ९० अर्ब डलर नाघेपछि नयाँ कीर्तिमान स्थापित भएको थियो । चीनको कुल गार्हस्थ उत्पादन बढिरहेको छ, त्यसैगरी ज्याला र अवस्था राम्रो हुँदै गइरहेको छ ।

यसबाहेक चीनको आधुनिकीकरणले विज्ञान र प्रविधि जस्ता अन्य उद्योगमा पनि व्यापक प्रभाव पारेको छ । आफ्नै भू–उपग्रह प्रक्षेपण गरेर, चालक दललाई पठाएर र आफ्नै अन्तरिक्ष स्टेसन निर्माण गरेर चीनले आफूलाई अत्याधुनिक अन्तरिक्ष प्रविधिमा विश्वव्यापी अग्रणीका रूपमा स्थापित गरेको छ । मानव विकासका लागि चीनको प्रतिबद्धता हाम्रो ग्रहबाहिर पनि पुगेको छ किनभने चीनले चन्द्रमा, मंगल ग्रह र बाहिरका अन्तरिक्षमा शान्तिपूर्ण अन्वेषण गरिरहेको छ ।

 चीनको आधुनिकीकरणले चिनियाँ अर्थतन्त्रको शक्तिलाई विकासोन्मुख विश्वमा शान्तिपूर्ण आर्थिक विकासका लागि पनि प्रयोग गर्छ । पश्चिमका साम्राज्यवादी शक्तिका विपरीत चीनले आफ्नो अर्थतन्त्रलाई युद्धका लागि नभई शान्तिका लागि प्रयोग गर्छ । चीनले वर्चस्व र नवऔपनिवेशिकताको रणनीति नभई परस्पर हितको रणनीति लागु गर्छ । 

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) जस्ता चिनियाँ परियोजनाले विभिन्न राष्ट्रमा लगानी गर्नेछ र विश्वव्यापी स्तरमा जनता र अर्थतन्त्रबीच सम्बन्ध सिर्जना गर्नेछ । चीनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) र ब्रिक्स जस्ता संस्थाका माध्यमबाट दशकौँदेखिको अमेरिकी डलरको वर्चश्व र पश्चिमा आर्थिक एकाधिकार अन्त्य गर्दै बहुध्रुवीय संसारमा प्रवेश गर्ने लक्ष्य लिँदै छ । चिनियाँ आधुनिकीकरणको लक्ष्य विश्वव्यापी शान्ति र समृद्धि हो ।

चीनले दुई दशकभन्दा कम अवधिमा अत्याधुनिक रेल सञ्जाल बनाएको छ, जसले देशका धेरै क्षेत्रलाई उच्च गतिका रेल र प्रत्येक दिन लाखौँ मानिसलाई ओसारपसार गर्न सक्ने पूर्वाधारसँग जोड्छ । हरेकपटक जब म चीन जान्छु, रेलको परिचालन र पूर्वाधार एवं प्राविधिक विकास देखेर चकित पर्छु । ठीक विपरीत अमेरिकाको ओहियो राज्यको इस्ट प्यालेस्टाइनमा हालै भएको रेल दुर्घटनाले जर्जर अमेरिकी पूर्वाधारको पर्दाफास गरेको छ । अमेरिकी रेल र सब वे प्रणालीलाई देख्दा म निराश हुन्छु । विशेषतः हार्वर्ड र एमआइटी जस्ता प्रतिष्ठित विश्वविद्यालय भएका न्युयोर्क र बोस्टनका रेल सेवा देख्दा बडो खिन्न हुन्छु । 

चीनको निर्माण र स्वतन्त्रताका सिद्धान्तलाई समर्थन गर्ने समाजवादी संस्कृतिको विकास गर्नु चीनियाँ आधुनिकीकरणको प्रमुख पाटो हो । चीनियाँ राष्ट्रको अमूर्त सांस्कृतिक विरासत सम्पूर्ण विश्वका लागि निधि हो । चीनियाँ संस्कृतिले दर्शन, विज्ञान, प्रविधि, कला, कविता, भाषा र चिकित्सामा पाँच हजार वर्षभन्दा बढी समयदेखि प्रगति गर्दै आएको छ । युनेस्को विश्व सम्पदा स्थलको संख्यामा इटालीपछि चीन दोस्रो स्थानमा छ जहाँ दुवै प्राकृतिक र सांस्कृतिक गरि ५६ सम्पदा स्थल छन् ।

एक अर्ब ४० करोडभन्दा बढी मानिस वा विश्वको जनसंख्याको लगभग २० प्रतिशत मानिस चीनको आधुनिकीकरणबाट प्रभावित छन् । चीनमा हुने घटनाबाट बाँकी विश्व पनि धेरै नै प्रभावित छ । चीनियाँ आधुनिकीकरण सबै मानिसको कल्याण र समृद्धिमा केन्द्रित एक जन–केन्द्रित विश्व दृष्टिकोणमा स्थापित भएको हो जब कि पश्चिममा सैन्य–औद्योगिक प्रणालीले मृत्युको कारखानामा लगानी गर्छ । चीन र बाँकी विश्वलाई समृद्धि र शान्ति प्रदान गर्न चिनियाँ कम्युनिस्ट पार्टीले चीनको आधुनिकीकरणलाई समाजवादतर्फको यात्राको महत्वपूर्ण अंग मानेको छ ।

(हेलाली अमेरिकी कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सचिव हुन्) सिजिटिएनबाट

ad
ad