१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विश्वकप क्रिकेट लिग– २ खेल्न सन्दीप युएई उडे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१८:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग– २ खेल्न आज युएई प्रस्थान गरेका छन्।

नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। हिजो भएको अभ्यास खेलका क्रममा घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो।

युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच एकदिवसीय शृंखला चलिरहेको छ।

सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै सन्दीपका लागि युएईको ढोका खुलेको हो। नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई सर्वोच्च अदालतले राष्ट्रिय टिमको खेल खेल्न विदेश जान अनुमति दिएपछि उनी युएई प्रस्थान गरेका हुन्।

युएई शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो। नेपालले आफ्नो दोस्रो खेल भोलि युएईसँग खेल्नेछ।