१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम गर्छौँ : कामु प्रधानन्यायाधीश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम सुरु गरेको बताएका छन्। 

मंगलबार कानुन व्यवसायी क्लब काठमाडौं तथा शंकरलाल केडिया फाउन्डेसनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्। 

उनले अब सर्वोच्च अदालतमा दर्ता भएका कुनै पनि मुद्दा पाँच वर्षभित्रमा टुंग्याइसक्ने गरी काम सुरु भएको बताए। कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतमा पाँच प्लस जिरो र उच्च र जिल्ला अदालतमा दुई प्लस जिरोमा मुद्दाको फर्स्याेट गरिसक्ने बताए। 

उनका अनुसार अबबाट सर्वोच्च अदालतले अदालतमा दर्ता भएका मुद्दाहरू पाँच वर्षसम्ममा टुंग्याइसक्नुपर्ने र उच्च र जिल्ला अदालतले दुई वर्षभित्रमा अदालतमा दर्ता भएका सबै मुद्दाको छिनोफानो गरिसक्नुपर्नेछ। 

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाले समयमा न्याय प्रदान गर्ने र न्याय औचित्यहीन ढंगले औचित्य नै समाप्त परिसक्ने अवस्था सिर्जना नगर्नका लागि सबै कानुन व्यवसायीसँग आह्वान गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे। 

उनले आफ्नो कार्यालयमा रहेका मुद्दा लामो समय भइसकेको र औचित्यहीन बन्न लागेको भए सम्बन्धित अदालतमा जानकारी दिए औचित्य समाप्त हुन नदिनका लागि अदालतको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

उनले मास्टर अफ द लको भूमिका निर्वाह गर्ने हो भने सबै कानुन व्यवसायीले संविधान र कानुनी शासनको प्रवर्द्धनका लागि पक्षधरको मात्र नभई विपक्षीलाई पनि न्याय हुने गरी न्याय सम्पादन गर्न जरुरी रहेको बताए।