
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ।
संघीय संसद्को सचिवालयले सूचना प्रकाशित गर्दै आजका लागि बोलाइएको संसद् बैठक विशेष कारणले बस्न नसक्ने भन्दै आउँदो बैठक ५ चैत आइतबार दिनकाे १ बजेका लागि तय गरेको छ।
अब प्रतिनिधिसभाकाे अर्काे बैठक राष्ट्रपतिको निर्वाचन (२५ फागुन) र उपराष्ट्रपतिको (३ चैत) निर्वाचनपछि मात्रै बस्ने भएकाे छ।