मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार १२:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काम गर्ने वेलामा मन्त्रालयबाट हट्नुपर्‍यो : पदम गिरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार १२:४७:००

निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने वेलामा मन्त्री पदबाट हट्नुपरेको भन्दै गुनासो गरेका छन् ।

४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेर काम सुरु गर्ने वेलामा मन्त्रालयबाट बिदा लिनुपरेको बताए । स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो गुनासो पोखेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्या छन् भन्ने कुरा आफूले मन्त्री भएपछि मात्रै थाहा पाएको उनले उल्लेख गरे । ‘स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने वेला आएको थियो, त्यही वेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो । स्वास्थ्यमन्त्री बन्नुअघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन,’ उनले भने ।

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याए । त्यसका लागि बिमितलाई दिने रकम एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउनुपर्ने उनको सुझाव थियो ।