Skip This
चन्द्र माविको १०८ वर्ष पूरा, साताव्यापी कार्यक्रम गरी मनाइयो वार्षिकोत्सव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण १४ आइतबार १५:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चन्द्र माविको १०८ वर्ष पूरा, साताव्यापी कार्यक्रम गरी मनाइयो वार्षिकोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार १५:४७:oo

सदरमुकाम सिराहामा रहेको मुलुकको जेठोमध्येको एक चन्द्र माध्यमिक विद्यालय सिराहाले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

एक सय आठ वर्ष पूरा गरेको यस विद्यालयले वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेको हो। यसै क्रममा विद्यालयले साताव्यापी कार्यक्रमको अन्तिम दिन आज हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाइरहेको छ। 

वि.सं. १९७१ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा सिराहामा ‘चन्द्र मिडिल हाइस्कुल’ सञ्चालनमा आएको थियो। 

प्राविधिक तथा व्यावसायिक पठनपाठन सुरु गरेको विद्यालयमा अहिले बालकक्षादेखि १२ कक्षासम्म पठनपाठन भइरहेको छ। त्यससँगै इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङतर्फ पठनपाठन भइरहेको छ। 

यस विद्यालयमा तीन हजारभन्दा बढी बालबालिका पठनपाठन गरिरहेको विद्यालयका प्राचार्य मधुसुदन कर्णले बताएका छन्। ०७१ सालमा प्रथम राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यतामा विद्यालयले सतवार्षिकोत्सव मनाएकाे थियाे।