१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १४ आइतबार १३:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री पौड्याल जेनेभा भ्रमणमा जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १४ आइतबार १३:५३:००

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आज जेनेभा जाँदै छिन् । परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराएको हो ।

बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरूको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौडेलले बताइन् । नेपाल सो परिषद्को सदस्य राष्ट्र हो । सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेका प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्विपक्षीय छलफलको माध्यमबाट अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरका रूपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौड्यालले उल्लेख गरिन् ।

मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।