१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

केपी ओली एफसी सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:५९:oo

जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक केपी ओली एफसी केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । केपी ओली एफसीले सोमबार मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ । मच्छिन्द्र चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

आतइबार हुने पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र सातादोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । 

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा केपी ओली एफसीका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लाकेन लिम्बू र अनिल महर्जनले गोल गरे । जावलाखेलका सिमन्त थापा, समिराज थोकर र विदेशी खेलाडीद्वय फोडे फोफाना र अब्दुलाजिज निसोनबोइभले गोल गरे । 

जावलाखेलका अर्का विदेशी खेलाडी एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहारलाई केपी ओली एफसीका गोलकिपर पूर्ण चेम्जोङले बचाएका थिए । यसअघि, खेलको ४३औँ मिनेटमा राहुलले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । गोलरकिपर पूर्णले गल्ती गर्दा राहुलले पेनाल्टी बक्सबाट सहज गोल गरेका थिए । ६९औँ मिनेटमा अजयी मार्टिन्सले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । 

ad
ad