मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर ।
हदिश खुद्दार जनकपुरधाम
२०७९ फाल्गुण १२ शुक्रबार २१:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिलीप महतोका हत्यारालाई जन्मकैदको सजाय

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ फाल्गुण १२ शुक्रबार २१:२९:००

वातावरण अभियन्ता दिलीप महतोको हत्यामा संलग्न मुख्य दुई अभियुक्तलाई जन्मकैदको सजाय भएको छ । 

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दिलीप हत्याका मुख्य दोषी विपिन महतो र मुख्य सहयोगी मुनीन्द महतोलाई २५–२५ वर्ष कैद सुनाएको हो । क्षतिपूर्ति वापत पाँच–पाँचलाख रुपैयाँ जरिवाना हुने फैसला पनि भएको छ । 

मतियार जीतेन्द्र महतोलाई साढे १२ वर्ष कैद र साढे दुई लाख रुपैयाँ जरिवाना हुने फैसला भएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिए । विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन् ।

अदालतले दोषीहरूको सम्पतिबाट क्षतिपूर्ति वापतको रकम अशुल गर्न र असुल नभए सरकारको विपन्न खाताबाट परिवारजनलाई उपलब्ध गराउन आदेश दिएको छ ।

इजलासले ३ फागुनमा विपिन, मुनीन्द्र र जीतेन्द्रलाई दोषी ठहर गरेको थियो । विपिनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवले सफाइ पाएका थिए ।

२५ पुस २०७६ मा घरभन्दा ५०० मिटर पर औरही खोलामा २४ वर्षीय दिलीपको हत्या भएको थियो । बिहान करिब ४ बजेतिर डोजर चलेको आवाज सुनेपछि साथी रोशनलाई लिएर खोला पुगेका दिलीपले नदीदोहन नगर्न भनेपछि उनको हत्या भएको थियो । हत्यापछि उनलाई दुर्घटनामा मृत्यु भएको देखाउने प्रयाससमेत भएको थियो ।