Skip This
सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ, प्रिअर्डरमा तोडियो रेकर्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ, प्रिअर्डरमा तोडियो रेकर्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १८:४३:oo

ग्यालेक्सी २३ अल्ट्राको लागि ग्राहकहरूबाट अत्याधिक माग भएपछि ग्यालेक्सी २३ सिरिजको प्रिअर्डरको रेकर्ड तोडिएको छ ।

सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानेको ग्यालेक्सी एस २३ बजारमा उपलब्ध गराएसँगै त्यस्तो रेकर्ड तोडिएको हो । 

सामसङले ग्यालेक्सी एस २३ सिरिजको प्रि–अर्डर आफैँमा एक ठूलो सफलता भएको जनाएको छ । गत वर्ष ग्यालेक्सी एस २२ सिरिजकोे भन्दा बढी प्रि–अर्डर यसपटक आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस २३ अल्ट्राको प्रि–अर्डर भएको उसको भनाइ छ । 

पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ । ग्राहकहरू सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् । उनीहरूले लामो समयसम्म टिक्ने, गुणस्तरीय र भविश्यको लागि पनि तयार भएको सामानहरू नै रोज्न थालेको देखिएको सामसङका निर्देशक प्रणयरत्न स्थापितले बताए ।

यसअघि उच्च माग र सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रिअर्डरहरू अपेक्षा गरिएभन्दा पहिले नै बन्द गर्नुपरेको थियो । 

सामसङका निर्देशक स्थापितले अविश्वसनीय प्रतिक्रियाको लागि ग्राहकहरूप्रति आभार व्यक्त गरेका छन् । ‘यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटीमा देखाएको प्रतिबद्धता र हाम्रो ब्रान्डप्रति ग्राहकहरूले देखाउनुभएको बलियो विश्वास झल्किएको छ,’ निर्देशक स्थापितले भनेका छन् । 

देशभरका डिलरहरूले एस २३ सिरिजको लञ्च र सफलताको खुसी मनाएका छन् । डिलरहरूले ग्यालेक्सी एस २३ सिरिजप्रति बजारमा ग्राहकहरूले देखाएको माया र लगावका कारण आफूहरू उत्साही भएको जनाएका छन् । 

कम्पनीका अनुसार नयाँ २०० एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेनसहितको ग्यालेक्सी एस २३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस २३ सिरिजअन्तर्गत ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ पनि छन् । जसले सामसङको अल्टिमेट प्रिमियम फोन अनुभूतिको नयाँ युगको प्रतिनिधित्व गर्दछ । 

ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरू जडित छन् । यसले प्रयोगकर्ताहरूलाई उनीहरूको सिर्जनशीलता अभिव्यक्त गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्ने बताइएको छ । 

यसमा भएको ग्यालेक्सीको निम्ति स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफम द्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ । यसको आकर्षक डिजाइन जो अन्य कुनै सामसङ ग्यालेक्सी स्मार्टफोनको तुलनामा पुन प्रशोधित पदार्थहरूको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्शाउने गरी गरिएको छ ।

ग्यालेक्सी २३ सिरिजले सामसङ मेसेज गार्डमार्फत मोवाइल सुरक्षालाई अर्कोस्तरमा पुर्याएको छ । यो शक्तिशाली स्यान्ड बक्सिङ उपकरणले मोवाइल सुरक्षालार्य अर्को स्तरमा पुर्याएको छ । यसले जिरो क्लिक एक्स्प्लोइट अट्याकविरुद्ध पनि पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने बताइएको छ । 

यो एक नयाँ प्रकारको साइबर आक्रमण हो, जहाँ केवल तस्बिर प्राप्त गर्दा पनि मोवाइल तथा त्यसमा भएका डाटालाई हानी पुर्याउन सक्छ । 

सामसङ मेसेज गार्ड भर्चुअल क्वारेन्टाइनको रूपमा काम गर्छ, जसले हानिकारक तस्बिरहरूलाई छुट्टै राखेर सुरक्षित तस्बिरहरू मात्र प्राप्त गर्न सन्देशमार्फत सुुनिश्चित गर्दछ । 

ad
ad