१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मनहरीमा महिलाको ज्यान लिएको हात्तीले बकैयामा लियाे अर्काे ज्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२२:oo

८ फागुनमा मकवानपुरको मनहरी गाउँपालिकामा आक्रमण गरेर एकजना महिलाको ज्यान लिएको जंगली हात्तीको आक्रमणबाट अर्का एकजना पुरुषको मृत्यु भएको छ।

मनहरीमा महिलाको ज्यान लिएर आतंक मच्चाएको जंगली हात्तीले मकवानपुरको बकैया गाउँपालिकामा एकजना पुरुषको ज्यान लिएको हो। 

हात्तीको आक्रमणबाट बकैया गाउँपालिका– ५ पावसका ५० वर्षीय सन्तलाल माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए। निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति साढे नौ बजेतिर हात्तीको आक्रमणबाट माझी घाइते भएका थिए। 

उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको थियो। माझीलाई घरभन्दा झन्डै एक किलोमिटर टाढा रहेको गोठमा बाख्रा र पाठापाठीलाई दूध खुवाउन पुगेका वेला आक्रमण गरेको निरीक्षक श्रेष्ठले बताए।

यसअघि सोही हात्तीले मनहरी गाउँपालिका– ४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीलाई आक्रमण गरेर घाइते बनाएको थियो। उनको उपचारको क्रममा भरतपुरस्थित सिएमसी अस्पतालमा मृत्यु भएको थियो। 

अधिकारीलाई घाइते बनाएपछि आक्रोशित बनेका स्थानीयले मनहरी– ३ मा रहेको आर्मीको सुरक्षा पोस्टमा तोडफाेड र आगजनीसमेत गरेका थिए।

फोटो : बकैया गाउँपरिषद् सदस्य लक्ष्मी माझी कृपाको फेसबुक पेजबाट
 

ad
ad