१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तीन दलको छलफल सकियो, भोलि कांग्रेससँग निर्णायक छलफल गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:२o:oo

राष्ट्रपति उम्मेदवारको विषयमा छलफलमा जुटेका माओवादी, एकीकृत समाजवादी र जसपाले भाेलि कांग्रेससँग निर्णायक छलफल गर्ने भएका छन् । 

सिंहदरबारमा आज बसेको तीन दलका शीर्ष नेताको बैठकले भोलि कांग्रेससँग निर्णायक छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवारको विषयमा टुंगो लगाउने समझदारी गरेका हुन् । 

भोलिको छलफलपछि मात्रै राष्ट्रपति उम्मेदवारको विषयमा अन्तिम निर्णयमा पुग्ने उनीहरूले जनाएका छन् । 

बैठकमा भएका छलफलबारे जानकारी दिँदै जसपा नेता राजेन्द्र श्रेष्ठले कांग्रेस सबैभन्दा ठूलो दल भएको र मंसिरमा सम्पन्न निर्वाचनको गठबन्धन दलको सहयात्री भएकाले भोलि निर्णायक छलफल गरिने बताए । 

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले पनि भोलि कांग्रेसलाई समेत सहभागी गराएर निर्णायक छलफल गरिने बताए । 

ad
ad