Skip This
माधव भन्छन्- राष्ट्रपतिबारे ‘बेस्ट अप्सन’मा जान्छाैँ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाै‌
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माधव भन्छन्- राष्ट्रपतिबारे ‘बेस्ट अप्सन’मा जान्छाैँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत)समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

बिहीबार दिउँसो माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित भएर छलफल भएको हो।  नेता नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको र भोलिसम्ममा टुंगोमा पुगिने बताए। 

आफूहरू देशको हित हुने विकल्पमा जाने बताउँदै नेता नेपालले भने, ‘कुराकानी चलिराखेको छ । राष्ट्रपतिबारे आज-भोलिमा टुंगो लाग्छ । कसरी देशको राजनीतिलाई अगाडि बढाएर लैजाने भन्ने विषयमा छलफल भएका छन् । हामीसँग अनेक अप्सनहरू छन्। ती अप्सनहरूमध्ये बेस्ट अप्सन के हुन्छ ? जुन अप्सनले देशको राजनीतिलाई ठीक दिशामा लैजान सक्छ, देशको संविधानलाई जोगाउन, राष्ट्रिय हितलाई बचाउन भूमिका खेल्छ । त्यही अप्सनमा जानुपर्छ । त्यसो हुनाले यहाँ कसले पाउने, कुन व्यक्तिले पाउने, कुन पार्टीले पाउने भन्नुभन्दा पनि कसरी देशको समस्यालाई हामीले सम्बोधन गर्ने भन्ने हो।’

नेता नेपाललाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीतिक भेटवार्तालाई सो पार्टीले पनि तीव्रता दिएको छ।