
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा विस्तार हुन लागेको कलंकीदेखि चक्रपथसम्म हुन लागेको रिङरोडको अनुगमन भएको छ ।
श्रेष्ठको नेतृत्वमा भएको अनुगमनमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपालका लागि चिनियाँ राजदूत चेन सङसहित मन्त्रालयका सचिव, सडक विभागका डिजीका टोली सहभागी छन् ।