१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘स्पट फिक्सिङ’ मा पक्राउ परेका खेलाडीसँग तीन–तीन लाख धरौटी माग    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१३:oo

नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको अभियोगमा पक्राउ परेका तीनजनासँग अदालतले जनही तीन–तीन लाख रुपैयाँ धरौटी माग गरेको छ। 

जिल्ला अदालत काठमाडौंले मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्तासँग तीन–तीन लाख रुपैयाँ धरौटी माग गरेको हो। उनीहरू धरौटी राखेर छुट्ने प्रक्रियामा छन्। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले धरौटी माग गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा गत ५ फागुनमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध अभियोग दायर गरेको थियो। 

तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना माग गरी मुद्दा दायर भएको थियो। सो प्रकरणमा अन्य दुई नेपाली नवीन कँडेल र रवि माँझीलाई फरार अभियुक्तका रूपमा मुद्दा दायर भएको छ। कँडेल काठमाडौं नाइट्सका मालिक हुन् भने माँझी बुकी एजेन्ट हुन्। 

सिआइबीको अनुसन्धानमा लिगको रणनीतिक साझेदार  भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहलुवालिया, अभिशेख शाखलानी र बिनोद ध्यानीको पनि संलग्नता देखिएको थियो। 

त्यस्तै, विराटनगर सुपर किंग्स्का म्यानेजर राहुल शर्मा, वेस्ट इन्डिजका खेलाडी एन्ड्री म्याकर्थी, बुकी एजेन्ट समिर शेख र वीरेन्द्र साहको पनि फिक्सिङमा मिलेमतो पुष्टि गर्ने आधार फेला परेको प्रहरीको भनाइ थियो। 

उनीहरूलाई भने पक्राउ परेका वेला मुद्दा चलाउने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ।