१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
अनिल यादव काठमाडौं
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महन्थको राष्ट्रपति प्रस्तावमा बालुवाटार र बालकोटपछि धुम्बाराहीमा देउवा पनि ‘सकारात्मक’ 

तर तीनै दलका नेताको उस्तै जवाफ- ‘तपाई उपयुक्त पात्र तर पार्टीमा छलफल गर्नुपर्छ’

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका लोसपाका नेताहरू राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव लिएर बुधबार नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्। 

बिहान १० बजे अध्यक्ष ठाकुरसहित धुम्बाराही पुगेका लोसपाका नेताहरूले पूर्वकांग्रेसीसमेत रहेका ठाकुरका नाममा राष्ट्रिय सहमति खोज्न देउवालाई आग्रह गरेका छन्। 

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीका अनुसार प्रचण्ड र ओलीपछि देउवा पनि ठाकुरका नाममा सकारात्मक सुनिए।

‘शेरबहादुर देउवाजीले महन्थ ठाकुर सहमतिका लागि उपयुक्त पात्र हुन्, तर पार्टीभित्र छलफल गर्नुपर्ने बताउनुभयो,’ देउवाको भनाइ उद्दृत गर्दै उनले भने, ‘अहिले विभिन्न नाममा चर्चा भइरहे पनि नेपाली कांग्रेसले आधिकारिक हिसाबले पात्रमाथि निर्णय गरिनसकेको उहाँको भनाइ थियो। अहिले जुन खालको पात्रको खोजी भइरहेको छ, जुन हिसाबले शालीन, भद्र र डेलिगेटेड मान्छे हुनुपर्‍याे भन्ने चर्चा छ, त्यसका लागि महन्थ ठाकुर उपयुक्त पात्र हो भन्ने हाम्रो ठम्याइ छ। ’ 

तीन दलका शीर्षस्थ नेताको सकारात्मक प्रतिक्रियाबाट उत्साहित लोसपाका नेताहरू अन्य दलका अध्यक्षलाई पनि भेट्ने तयारीमा छन्। 

मंगलबार दिउँसो लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन पहल थाल्ने औपचारिक निर्णय गरेपछि ठाकुरसहित नेताहरूले दौडधुप बढाएका छन्। 

मंगलबार प्रधानमन्त्री प्रचण्डसँगको भेटघाटमा उनले ठाकुरको नाममा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्चा रहेको, तर सहमतिका लागि अन्य दलका उम्मेदवारसँग पनि छलफल गर्न लोसपाका नेताहरूलाई उनले सुझाएका थिए। त्यसपछि नेताहरूसहित बालकोट पुगेका ठाकुरलाई एमाले अध्यक्ष ओलीले भने प्रचण्डबाट प्रस्ताव आएको अवस्थामा आफूलाई सहज हुने जवाफ फर्काएका छन्।