
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीकाे सरकारीनिवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको जनाइएको छ।
राष्ट्रपति निर्वाचनका लागि मनोनयनको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ। नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ।
यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ। फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ।