मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बिबिसी
२०७९ फाल्गुण १० बुधबार १०:३०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मोदीको हरित ऊर्जा सपना र अडानी–संकटको अर्थ

अडानी समूहमाथि आइपरेको संकटको प्रभाव भारतको हरित ऊर्जासँग जोडिएका परियोजनामा पर्ला÷नपर्ला भन्ने विषयमा बहस हुन थालेको छ

Read Time : > 2 मिनेट
बिबिसी
२०७९ फाल्गुण १० बुधबार १०:३०:००

हिन्डेनबर्गको रिपोर्टपछि यतिवेला एसियाकै धनाढ्य गौतम अडानीका दिन संकटमा बितिरहेका छन् । केही महिनाअघि दोस्रो नम्बरमा रहेका अडानी ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार यो समाचार तयार पार्दा उनी धनाढ्यको सूचीमा २५औँ नम्बरमा छन् । यसबाट थाहा हुन्छ, उनको स्थिति के छ । दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत ग्रिन इनर्जी (हरित ऊर्जा) प्रयोग गर्ने देश बन्ने उद्घोष गरे । सन् २०७० सम्म शून्य लक्ष्य अर्थात् पर्यावरणमा ग्रिन हाउस ग्यास उत्सर्जन समाप्त गर्ने संकल्पसमेत लिए । 

भारत तेस्रो ठूलो उत्सर्जक :  भारत विश्वकै ग्रिन हाउस ग्यास उत्सर्जनमा तेस्रो नम्बरमा आउँछ । प्रधानमन्त्री मोदीले बताएअनुसार सन् २०३० सम्म ऊर्जा आवश्यकतामध्ये आधाजति पूर्ति नवीकरणीय ऊर्जा स्रोतबाट गर्ने र एक अर्ब टन कार्बन उत्सर्जन कम गर्ने लक्ष्य थियो । उनै मोदीको हरित ऊर्जा योजनामा अडानीले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । सुक्खा बन्दरगाहदेखि ऊर्जाका विभिन्न क्षेत्रका विशाल कम्पनी सञ्चालन गर्ने अडानी ग्रुपका प्रमुख व्यक्ति हुन्, उनी ।

यो समूहका सात कम्पनी भारतीय सेयर बजारमा सूचीकृत छन् । यसमा अक्षय ऊर्जाको क्षेत्रमा काम गर्ने फर्ममा अडानी ग्रिन इनर्जी पनि सहभागी छ । सो समूहलाई सौर्य ऊर्जाको क्षेत्रमा पनि विशेष मानिन्छ । तर, अडानी समूह हरित ऊर्जाको क्षेत्रमा ७० अर्ब डलर लगानी गरी सन् २०३० सम्म वैश्विक कम्पनी खडा गर्न चाहन्छ । यो लगानीलाई सौर्य ऊर्जा उत्पादनमा वृद्धि, ब्याट्री उत्पादन र वायु ऊर्जादेखि ग्रिन हाइड्रोजन परियोजनमा खर्च गर्नेछ । 

क्षतिलाई लिएर आशंका : अडानी समूहमाथि आइपरेको संकटको प्रभाव भारतको हरित ऊर्जासँग जोडिएका परियोजनामा पर्ला/नपर्ला भन्ने विषयमा बहस हुन थालेको छ । हिन्डेनबर्गको रिसर्चले अडानी समूहमाथि आर्थिक अनियमिततासँग जोडिएको आरोप लगाएपछि अडानी समूहसँग जोडिएका सात सूचीकृत कम्पनीको १२० अर्ब डलर पुँजी घाटा भइसकेको छ । 

यता, समूहले यो आरोप झुट र भारतमाथिको हमला भएको भन्दै आइरहेको छ । तर, समूहको ठूलो लगानीकर्तामा सहभागी फ्रान्सेली तेल र ग्यास क्षेत्रको कम्पनी टोटल इनर्जीले अडानी समूहको ग्रिन हाइड्रोजन परियोजनामा प्रस्तावित चार अर्ब डलर रोक्का गरेको छ । यही समूहले अहिलेसम्म अडानी समूहमा तीन अर्ब डलर लगानी गरिसकेको छ ।अडानी समूहले आफ्ना लगानीकर्तालाई थेग्नै नसक्ने आर्थिक संकटको अवस्था नभएको बताउँदै आएको छ । तर, विशेषज्ञहरू भने भारत सरकारको जलवायु परिवर्तनलाई ध्यानमा राख्दै बनाइएका योजनामा हालैको हिन्डेनबर्गको घटनाक्रमको प्रभाव खोज्नु हतार हुने बताउँछन् । 

अक्षय ऊर्जा विकासको गति तीव्र :  हरित ऊर्जा क्षेत्रमा अडानी समूहलाई खेलाडी नै मानिन्छ । यसकारण लगानीका केही योजना टर्न सक्छन् । तर, यो समूहले आफ्ना योजनाका लागि पैसा जुटाउन सकेन भने हरित ऊर्जाको क्षेत्रमा त्यसको लगानीसँग जोडिएका योजना प्रभावित हुनेछन् । यद्यपि, अक्षय ऊर्जाको क्षेत्रमा भने गति कायम नै रहनेछ । यस्तै, आगामी दशकमा भारतमा ऊर्जा क्षेत्रमा सर्वाधिक संक्रमण देख्न सकिन्छ । 

भारतको कुल जनसंख्या १.४ अर्ब छ । यो स्थितिमा भारत सरकारले ठूलो क्षेत्रलाई ऊर्जा उपलब्ध गराउनु मुख्य कर्तव्य हो । भारतको सहरी जनसंख्या प्रत्येक वर्ष बढ्दै गइरहेको छ । यति मात्रै होइन, औद्योगिक गतिविधि बढ्नुका साथसाथै उच्च तापक्रमजस्ता गम्भीर मौसमी घटना पनि बढिरहेका छन् । साथै, विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिँदै गर्दा ऊर्जा माग स्वतः बढ्न जान्छ । यी विभिन्न कारणलाई ध्यानमा राख्दै विद्युत् नियामक संस्थाले आगामी पाँच वर्षमा विद्युत् खपत दोब्बर हुन सक्ने आकलन गरेका छन् । 

दोस्रो ठूलो कोइला उत्पादक :  भारतले अहिले पनि नर्मल थर्मल प्लान्ट निर्माण गरिरहेको छ । यद्यपि, बढ्दो विद्युत्को माग पूरा गर्न अक्षय स्रोतबाट ऊर्जा हासिल गर्ने योजना बनाइरहेको छ । इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार सन् २०७० सम्म शून्य लक्ष्य हासिल गर्न भारतमा अहिलेदेखि सन् २०३० सम्म प्रतिवर्ष १६० अर्ब डलर लगानी गर्नुपर्ने हुन्छ । यो हालको लगानीको तीन गुणा हो । 

भारतमा हरित ऊर्जा क्षेत्रमा अडानीबाहेक अम्बानी समूह पनि आउँछ । अर्बपति मुकेश अम्बानी नेतृत्वको रिलायन्स समूहले गुजरातमा अक्षय ऊर्जा परियोजनामा करिब ८० अर्ब डलर लगानी गर्न खोजिरहेको छ । यस्तै, यही क्षेत्रमा दखल राख्ने टाटा समूह पनि क्लिन इनर्जीसँग जोडिएका आफ्ना योजनालाई मूर्त रूप दिँदै छ । भारत विश्वकै दोस्रो ठूलो कोइला उत्पादक र उपभोक्ता हो । त्यहाँ एकतिहाइ विद्युत् कोइलामार्फत उत्पादन हुँदै आइरहेको छ । 

कम्पनीको संख्या बढाउने आवश्यकता :ऊर्जाको माग पूर्ति गर्न भारतलाई अन्य कैयौँ निजी कम्पनीको आवश्यकता पर्छ । यतिवेला भारतको स्वच्छ र फोहोर इनर्जी गरी कुल ४०० गिगावाट ऊर्जा उत्पादन छ । तर, सन् २०३० सम्म स्वच्छ ऊर्जामार्फत भारतले ५०० गिगावाट ऊर्जा उत्पादन गर्न चाहन्छ । यो ठूलो सपना हो । ऊर्जा माग परिपूर्ति गर्न भारत अझै पनि तेल र कोइलामा निर्भर छ । अतः यो खालको ऊर्जा संकट सहज पक्कै हुनेछैन ।