Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १० शुक्रबार
  • Friday, 24 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ७ बिहीबार १२:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘चार्ल्स शोभराजले बिबिसी र नेटफ्लिक्सविरुद्ध कानुनी लडाइँ लड्ने’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ७ बिहीबार १२:४२:००

बिकिनी किलर भनेर चिनिने चार्ल्स शोभराजले आफूलाई गलत रूपमा चित्रण गरेको भन्दै अन्तर्राष्ट्रिय मिडियाहरूविरुद्ध मुद्दा लड्ने भएका छन्। शोभराजका कानुन व्यवसायी गोपाल सिवाकोटीले बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिबिसीदेखि नेटफ्लिक्ससम्मलाई मुद्दा हाल्ने बताएका हुन्।

‘त्यो सबै झुटा कुराहरूमा मलाई प्रयोग गरेको हुनाले छुट्नेबित्तिकै बिबिसीदेखि लिएर नेटफ्लिक्ससम्मका सबै इन्टरनेसनल मिडियाका विरुद्धमा अन्तर्राष्ट्रिय मुद्दा लड्छु भन्नुभएको छ,’ अधिवक्ता सिवाकोटीले भने।

१९ वर्षदेखि नेपाली जेलमा रहेका विश्वकै कुख्यात अपराधी फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्च अदालतले बुधबार स्वास्थ्य अवस्था र उमेरलाई ध्यानमा राख्दै तत्काल छाड्न आदेश दिएसँगै उनी जेलमुक्त हुने भएका हुन्।

जेलमुक्त भएलगत्तै शोभराजले बिबिसी र नेटफ्लिक्सविरुद्ध मुद्दा हाल्ने तयारी गरेका उनका कानुन व्यवसायीले बताएका हुन्। बिबिसी र नेटफ्लिक्सले सन् २०२१ मा शोभराजका बारेमा ‘द सर्पेन्ट’ नामक ड्रामा सिरिज बनाएका थिए, जसमा उनका अपराधहरूलाई समेटिएको छ।