Skip This
राकम कर्णालीमा अक्सिजन प्लान्ट स्थापना
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राकम कर्णालीमा अक्सिजन प्लान्ट स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३८:oo

दैलेखको आठबीस नगरपालिका राकममा रहेको राकम आधारभूत अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको कर्णाली प्रदेशका अर्थमन्त्री विनोद शाहले उद्घाटन गरेका छन्। 

अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि राकम कर्णाली हुँदै कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरू, अछाम, कालीकोट, दैलेखका पश्चिम भूभागका बासिन्दाहरूलाई आवश्यक पर्ने अक्सिजनको सहजता हुने भएको छ।

सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले उत्त प्लान्टको उद्घाटन गरेका हुन्। प्रतिनिधिसभा सदस्य साेविता गौतमको समेत उद्घाटनमा उपस्थिति रहेको थियो। 

कोरोना महामारीका वेला गैर आवासीय संघ (एनआरएनए)ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट सहयोग गर्ने प्रस्ताव अनुसार प्रतिष्ठानले उत्त प्लान्ट दैलेखको आठबीसमा रहेको आधारभूत अस्पतालमा जडान गर्न निर्णय गरेसँगै प्रक्रिया सुरु गरिएको थियो। करिब एक वर्ष पछि उक्त प्लान्टको औपचारिक उद्घाटन भएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा आठबीसमा आधारभूत अस्पताल ओटी सेवा, विशेषज्ञ सेवा सञ्चालन भइरहेको थियो अक्सिजन प्लान्टको विस्तार भएसँगै राजमार्गमा हुने दुर्घटनाका घाइतेहरू र अन्य समस्यामा परेका नागरिकहरूलाई अक्सिजन प्रदान गर्न सहज हुने देखिएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति डा. मंगल रावलले निर्माण गरिएको अक्सिजन प्लान्टले एक सय ७० देखि दुई सय सिलिन्डर दैनिक उत्पादन गर्ने क्षमता रहेको बताए।

आठबीसमा बन्ने अस्पताल दुई वर्षभित्र सम्पन्न गर्ने, प्रदेश र केन्द्र सरकारले भौतिक पूर्वाधार तयार गरिदिए दक्ष जनशक्ति प्रतिष्ठानले व्यवस्थापन गर्ने रावलको भनाइ छ। 

स्वास्थ्य पहिलो प्राथमिकता : मन्त्री शाह 

कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीको दुर्घटनाग्रस्त क्षेत्रका रूपमा रहेको राकम कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्न थालेको एक सय बेडको अस्पताल कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै लाखौँ यात्रुको समस्यालाई मध्यनजर गर्दै निर्माण गर्न थालेकोमा धन्यवाद दिएका छन्। 

कर्णाली सरकारले अस्पताल निर्माणमा प्रमुख प्राथमिकता राखेर काम गर्ने शाहको भनाइ छ।

प्रतिष्ठान राकममा बनेसँगै सुदूरपश्चिम प्रदेशको अछाम, बाजुरा, साबिक कर्णालीका मुगु, जुम्ला, हुम्ला, कालीकोट र दैलेखलगायतका नागरिकलाई अत्याधुनिक स्वास्थ्य सेवा लिन सहज हुने भएकाले कर्णाली सरकार यो विषयमा गम्भीर भएको र यसले कर्णालीको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने बताए। 

प्रतिनिधिसभा सदस्य साेविता गौतमले कर्णाली धेरै प्राकृतिक स्रोत–साधनले भरिपूर्ण रहेछ । आफू बटुवाको रूपमा कर्णाली भ्रमणमा रहेको भन्दै कर्णालीको समग्र विकासका लागि एउटा मात्र व्यक्ति, मन्त्री सांसदको मात्र भूमिका नभई समग्र नागरिकले समेत कर्णाली विकासको अभियानमा हातेमालो गर्नुपर्ने सुझाव दिएकी छिन्। 

विगत तीन वर्षदेखि अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको हो । डिपिआर बन्नका लागि तीन वर्ष लागेको भन्दै तत्काल डिपिआर सम्पन्न गरेर प्रदेश सरकारसँग माग गर्न स्थानीयले आठबीस नगरपालिकालाई आग्रह गरेका छन्। 

स्थानीयले दिए ४३ रोपनी जग्गा

दशकौँदेखि कुन रोग लागेर मृत्यु भयो भने पत्तो नपाएका दुर्गम आठबीस क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा अनिवार्य भएको महसुस गर्दै अस्पताल निर्माणका लागि ४३ रोपनी जग्गा प्रदान गरेका छन्। 

जनताको स्वास्थ्य सेवा प्रभावकारी बनाउन र विशेष गरेर महिलामा हुने धेरै समस्या समाधानका लागि महिला नै सक्रिय भएर जग्गा प्रदान गरेको र यसका लागि नगरपालिकाले सुरुदेखि नै प्रभावकारी काम गर्दै आएको आठबीस नगरपालिका दैलेखकी उपप्रमुख कल्पना थापाले बताएकी छिन्। 

जग्गा प्रदान गर्ने व्यक्तिलाई आर्थिकमन्त्री विनोदकुमार शाहले प्रमाणपत्र प्रदान गरेर सम्मान गरे।