१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोटा प्रणाली हटाउन सुनचाँदी व्यवसायीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o२:oo

 सुनचाँदी आयातमा सरकारले लागू गरेको कोटा प्रणाली हटाउन व्यवसायीले माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै सरकारले सुनको आयात कोटा हटाउनुपर्ने बताएका हुन् ।

बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अफ सिजनमा १० देखि १५ किलो कच्चा सुन माग हुने गरेको व्यवसायीको भनाइ छ । तर, हाल दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकाले आमउपभोक्ताको आवश्यकता पूरा गर्न कठिन भएको महासंघको जिकिर छ ।

विधिवत् तरिकाले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरूले विनाभन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप सय ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधा छ । यसरी आउने सुनले बजारको मागलाई केही हदसम्म भए पनि धानिरहेको महासंघको भनाइ छ । तर, पछिल्लो समय यसरी आउने सुनका गरगहनालाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने व्यवसायीलाई पक्रने, अनावश्यक दुःख दिने गरेका कारण सिंगो व्यवसायमै वितृष्णा पैदा गरेको महासंघको ठप्याइ छ ।

सरकारले सुनका गरगहनालाई कोटा प्रणाली हटाएर उपभोक्ताले पाउने अधिकारीलाई सुनिश्चित गर्नुपर्ने महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । उनले भने, ‘सुनका गरगहना नेपाल ल्याउँदा सम्बन्धित भन्सार नाकामा नै त्यसको वैधता परीक्षण गर्न आवश्यक छ ।’

ad
ad