Skip This
उत्तर कोरियाद्वारा ४८ घन्टाभित्रै दोस्रो क्षेप्यास्त्र प्रक्षेपण
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Tuesday, 16 September, 2025
२o७९ फाल्गुण ८ सोमबार १५:५o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाद्वारा ४८ घन्टाभित्रै दोस्रो क्षेप्यास्त्र प्रक्षेपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार १५:५o:oo

उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएको बताएको छ। 

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफमा शनिबार प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेको ४८ घन्टामा दोस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो। 

जापानको रक्षा मन्त्रालयले आज प्रक्षेपण गरिएका दुवै मिसाइल ५० देखि एक सय किलोमिटरको उचाइमा उडेका जनाउँदै आफ्नो विशेष आर्थिक क्षेत्रबाहिर खसेका बताएको छ। 

जापानका प्रधानमन्त्री फुमियो किसिदाले क्षेप्यास्त्र प्रक्षेपणबारे राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकका लागि अनुरोध गरेका छन्।  

दक्षिण कोरियाका प्रधानसेनापतिले प्रक्षेपणलाई गम्भीर उत्तेजना भन्दै त्यसको निन्दा गरेका छन् । साथै उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्नेमा जोड दिएका छन्।

दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ। 

सुरक्षा विश्लेषकहरूका अनुसार छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमान्ड सेन्टरलाई निशाना बनाएको बताएका छन्। 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई उत्तेजक कार्य तत्काल बन्द गर्न आह्वान गरेका छन्।