मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण ७ आइतबार
  • Friday, 28 August, 2026
२o७९ फाल्गुण ७ आइतबार १५:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फिलिपिन्समा विमान दुर्घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ७ आइतबार १५:३१:oo

चारजना सवार विमान मध्यफिलिपिन्समा दुर्घटना भएको छ। उद्धारकर्मीहरूले उनीहरूको खोजी गरिरहेका नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन्। 

नागरिक उड्डयन कार्यालयका अनुसार विमानचालक, चालक दलका अर्का एक सदस्य र दुईजना यात्री विमानमा सवार थिए। 

सेस्ना ३४० विमान राजधानीको दक्षिणमा अवस्थित बिकोल अन्तर्राष्ट्रिय विमानस्थलबाट मनिलाका लागि उडेको केही समयपछि शनिबार बिहानदेखि बेपत्ता भएको थियो। 

स्थानीय खोज तथा उद्धार टोलीले विमानस्थलनजिकै सम्भावित दुर्घटनास्थल पहिचान गरेको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अपोलोनियोले एएफपीलाई बताए। 

प्रतिकूल मौसमका कारण खोजीमा कठिनाइ भएको छ। फिलिपिन्सको उत्तरी प्रान्त इसाबेलामा सेस्ना विमान दुर्घटना भएको एक महिनाभन्दा कम समयमा फेरि यो अर्को विमान दुर्घटना भएको हो।