१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

न्यायिक समिति सम्मेलन गर्दै काठमाडौं महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:१७:oo

काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आगामी २४ र २५ चैतमा समितिको राष्ट्रिय सम्मेलन गर्ने भएको हो । स्थानीय तहमा न्यायसम्पादन अनुभव आदान–प्रदानका लागि सम्मेलन आयोजना गर्न लागेको महानगरले जनाएको छ । सम्मेलनको तयारीका लागि उपप्रमुख सुनीता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन भएको छ ।

महानगरको न्यायिक समितिका सदस्यहरू कुश ढकाल र आशा श्रेष्ठ रौनियार समारोह समितिका सदस्य छन् । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, प्रशासन विभाग प्रमुख दीपक अधिकारी, वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धर सदस्य रहेका छन् भने सदस्यसचिवमा कानुन तथा मानव अधिकार विभाग प्रमुख वसन्त आचार्य छन् । 

बिहीबार बसेको समितिको बैठकमा उपप्रमुख एवं मूल समारोह समितिकी संयोजक डंगोलले सबै पालिकाका न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदान–प्रदान गर्ने बताइन् । 

ad
ad