मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार १६:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा नेपालले देशव्यापी प्रशिक्षण चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार १६:०७:००

राप्रपा नेपालले सघन रूपमा देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने भएको छ । 

राजधानीमा आज भएको जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरू सहभागी प्रशिक्षणमा अध्यक्ष कमल थापाले देशव्यापी सघन प्रशिक्षण सञ्चालन गर्ने बताएका हुन् । 

थापाले वैचारिक रूपमा प्रतिबद्ध र निष्ठावान कार्यकर्ता रहेको धारिलो संगठनले मात्र पार्टीलाई स्थापित गर्ने भएकाले सघन प्रशिक्षणलाई पार्टीले उच्च प्राथमिकतामा राखेको बताए । 

प्रशिक्षणमा सहभागीलाई थापाले पार्टी र नेतृत्वमाथि योजनाबद्ध र षड्यन्त्रपूर्वक भ्रम सिर्जना गरिएको भन्दै त्यसलाई तोड्न नेता–कार्यकर्ता केन्द्रित हुनुपर्ने बताए । 

कार्यक्रममा राजनीतिक कार्यदिशा, संवर्द्धनवादी दर्शन र जनवर्गीय संगठनको भूमिका विषयमा अध्यक्ष थापा, सनातन धर्मसापेक्ष हिन्दूराष्ट्रको आवश्यकता सम्बन्धमा डा. विष्णु भण्डारी, पार्टी संगठन निर्माण र परिचालनबारे राजाराम बर्तौला ‘चुनेली’ तथा नेतृत्व विकासबारे प्राध्यापक नरप्रसाद थापाले प्रशिक्षण दिएको प्रशिक्षण विभाग प्रमुख रहेका पार्टीका महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए । 

संगठन निर्माण र प्रशिक्षण कार्यलाई समानन्तर रूपमा देशव्यापी सञ्चालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।