१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३१ सोमबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

राजर्षि जनक कप : अन्तिम दुईका लागि मच्छिन्द्र र सुदूरपश्चिम भिड्दै

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:२o:oo

सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम दुईमा स्थान सुरक्षित गर्न मच्छिन्द्र फुटबल क्लब काठमाडौं र सुदूरपश्चिम– ११ धनगढी भिड्ने भएका छन् ।

शुक्रबार बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति फुटबल मैदानमा फाइनल यात्राका लागि मच्छिन्द्र र सुदूरपश्चिम– ११ भिड्न लागेका हुन् । उपाधि होडमा रहिरहन यस खेलको नतिजा जसरी पनि आफ्नो पोल्टामा पार्ने दाउमा दुवै टोली रहनेछन् । आजको खेलमा विजयी टोलीले कम्तीमा प्रतियोगिताको उपविजेताको उपाधि रक्षा गर्नेछ । 

प्रतियोगिताको पहिलो फाइनल टिमको रूपमा जावलाखेल युथ क्लब ललितपुर अन्तिम दुईमा स्थान सुरक्षित गर्दै उपाधिनजिक पुगिसकेको छ । आजको भेटका लागि मच्छिन्द्रले क्वार्टरफाइनल खेलमा आयोजक बागमती युवा क्लबलाई पराजित गरेको थियो । सुदूरपश्चिम–११ ले प्रि–क्वार्टरफाइनलमा पाहुना टोली युनाइटेड कुर्सेङ दार्जिलिङ र क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको थियो ।

फागुन ७ गते हुने फाइनल खेलको विजेताले १० लाख नगद र राजर्षि रनिङ सिल्ड तथा उपविजेता टिमले नगद पाँच लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

ad
ad