१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पार्टीमा पुरुषलाई सुहाउँछ यस्तो गेटअप 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१३:oo

सुट
विवाहमा पुरुषका लागि टु पिस सुट चल्तीमा छ । त्यसमा कलर कम्बिनेसनअनुसार नै सर्ट, पाइन्ट र कोटको डिजाइन गरिन्छ । जस्तो, नेभी सुट र पाइन्टमा सेतो सर्ट कम्बिनेसन गर्ने गरिन्छ । त्यस्तै, मरुन सुट–पाइन्टमा पनि सेतो सर्ट नै सुहाउँछ । कालो कोट र पाइन्टमा मरुन कलरको सर्ट सुहाउँछ । त्यसैगरी, ग्रिन कलरको सुटमा कालो सर्ट र कालो जुत्ता पनि सुहाउँछ । 

दौरा–सुरुवाल 
पहिले विवाहमा जन्ती जाँदा ४० कटेका मानिसहरू प्रायः दौरा–सुरुवाल र ढाकाटोपीमा सजिएर जाने गरेको पाइन्थ्यो । तर, अहिले दौरा सुरुवाल लगाउने युवाहरूको संख्या बढ्दो छ । किशोरावस्थाका युवाहरू पनि दौरा–सुरुवाल लगाउन रुचाउँछन् । नेपालीपन झल्कने पोसाक भएकाले पनि यसप्रति सबैको आकर्षण बढ्दो छ । दौरा–सुरुवाललाई कलर कम्बिनेसन मिलाएर लगाउँदा आकर्षक देखिन्छ । प्रायले खैरो रङलाई बढी प्राथमिकता दिएको देखिन्छ ।  

मेहदी पार्टीमा कुर्ता 
कुर्ता र पाइजामा पनि अहिले चल्तीमा छ । अरेन्ज, ग्रिन र गोल्डेन कलरको कुर्ता–सुरुवाल चलेको छ । मरुन र ह्वाइट कलरका कुर्तामा पनि पुरुषलाई सुन्दर देखिन्छ । विशेषगरी, मेहदी पार्टीमा पुरुषहरू यस्ता कुर्तामा सजिने गर्छन् । बजारमा विभिन्न डिजाइनका रेडिमेड कुर्था पाइन्छन् । त्यस्तै, मन परेको बुटिकमा गएर आफ्नै डिजाइनमा कुर्ता सिलाउन पनि सकिन्छ ।  

क्याजुअल लुक्स
कतिपय युवाले जिन्स पाइन्ट र ब्लेजर लगाउने गरेका छन् । कतिपयले जिन्समाथि टिसर्ट, पाइन्ट र कोट पनि लगाएको देखिन्छ । त्यस्तै, ग्रन्च पाइन्टका साथ स्मार्ट कोट लगाउँदा पनि राम्रो देखिन्छ । 

घडी
क्लासिक लुक्स दिने घडी लगाउँदा राम्रो हुन्छ । तर, धेरै स्टाइलिस होइन, सिम्पल घडी छान्नुस् । तपाईंको बेल्ट पनि सिम्पल भयो भने राम्रो देखिन्छ ।

हेयर स्टाइल
पार्टीमा जाँदा फर्मल पहिरन लगाइने हुनाले हेयर स्टाइल सिम्पल सुहाउँछ । पुरुषले कपालमा जथाभावी कलर नगरेको राम्रो हुन्छ । त्यस्तै, कपाललाई स्टाइलिसभन्दा पनि क्लासिक लुक्स दिनुभयो भने राम्रो देखिन्छ । दाह्री काट्ने वा हल्का राख्न मन छ भने ट्रिम गर्न सक्नुहुन्छ । 

हल्का मेकअप 
हल्का मेकअप गर्दा राम्रो देखिन्छ । तर, धेरै भद्दा देखिने गरी मेकअप गर्नुहुँदैन । 

हल्का पर्फ्युम प्रयोग 
थोरै पर्फ्युम प्रयोग गर्नुस् । अत्यधिक पर्फ्युम प्रयोग गर्दा पार्टीमा आएका अन्य व्यक्तिलाई समस्या पर्न सक्छ । किनकि, कतिपय व्यक्तिलाई पर्फ्युमसँग एलर्जी पनि हुन्छ । त्यसैले माइल्ड पर्फ्युम प्रयोग गर्नुस् । 

जुत्ताको चयन 
तपाईंको लुक्सलाई डिफाइन गर्न जुत्ताले निकै सहयोग गर्छ । कोट, पाइन्ट वा दौरा–सुरुवालसँग म्याच गर्ने कलरको जुत्ता छान्नुस् । पोलिस गर्न नबिर्सनुस् । धेरै स्टाइलिस होइन, फर्मल जुत्ता छान्नुस् । 

ad
ad