मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा सर्लाही
२०७९ फाल्गुण ५ शुक्रबार ०८:०४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राजर्षि जनक कप : जावलाखेल उपाधिनजिक

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ फाल्गुण ५ शुक्रबार ०८:०४:००

जावलाखेल युथ क्लब सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई १–० को कठिन जित निकाली अन्तिम दुई स्थान पक्का गरेको हो । जावलाखेलले शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलका विजेता टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 
सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबले दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम ११ धनगढीको सामना गर्दै छ । जावलाखेललाई उपाधिनजिक पुर्‍याउन सुनील खड्काले एक मात्र गोल गरेका थिए । उनले खेलको ४९औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । हिसुव थपलियाको क्रस पासमा खड्काले गोल गरेका हुन् । पहिलो हाफको तुलनामा दोस्रो हाफमा जावलाखेलले सुधारिएको प्रदर्शन गरेको थियो । यद्यपि, जावलाखेलले थप गोल गर्न सकेन । 

एक गोलले पछाडि परेको संकटाले बराबरीको निकै प्रयास गरेको थियो । तर, जावलाखेलका गोलरक्षक अनिश देउलाले संकटाले प्रहार गरेका बललाई उत्कृष्ट बचाउ गरे । प्रतिस्पर्धामाखड्काको गोल नै निर्णायक बन्यो । खेलमा भएको एक मात्र गोलका लागि असिस्ट गरेका हिसुव म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ हात पारे ।