मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल तस्बिर
रासस पेरिस
२०७९ फाल्गुण ४ बिहीबार १२:५४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनको शान्तिका लागि समन्वय गर्न चीन र फ्रान्स सहमत

Read Time : < 1 मिनेट
रासस, पेरिस
२०७९ फाल्गुण ४ बिहीबार १२:५४:००

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्ति स्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ ।

मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब एक वर्षअघि युक्रेनमाथि भएको आक्रमणको निन्दा नगरेको बेइजिङले रुसलाई वार्ताको टेबलमा फर्कन दबाब दिनेछ भन्ने विश्वास आफूलाई रहेको म्याक्रोँले बताएका छन् ।

बुधबार पेरिसमा म्याक्रोँ र वाङले युद्ध र यसले अति जोखिममा रहेका मुलुकमा पार्ने विशेषगरी खाद्य सुरक्षा र वित्तीय क्षमताबारे छलफल गरेका थिए । उनीहरूले ‘अन्तर्राष्ट्रिय कानुनअनुसार शान्तिका लागि योगदान गर्ने एउटै उद्देश्य’ व्यक्त गरेका एलिसी प्यालेसले जनाएको छ । 

फ्रान्स भ्रमणपछि वाङले शुक्रबारदेखि आइतबारसम्म हुने म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदै आफ्नो भ्रमणलाई निरन्तरता दिनेछन् । उनले मस्कोको पनि भ्रमण गर्नेछन् ।फ्रान्सेली राष्ट्रपतिले जलवायु संकटलगायत ‘विश्वव्यापी चुनौती’को सामना गर्न चीनसँग सहकार्य गर्ने बताएका छन् ।

वाङले बुधबार फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनासँग भेटवार्ता गरेका थिए भने बिहीबार  (स्थानीय समय) म्याक्रोँका कूटनीतिक सल्लाहकार इमानुएल बोनसँग रणनीतिक विषयमा छलफल गर्नेछन् ।