Skip This
ग्यास चुहिएर आगो लाग्दा सांसद चन्द्र भण्डारी र आमा हरिकला गम्भीर घाइते
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ग्यास चुहिएर आगो लाग्दा सांसद चन्द्र भण्डारी र आमा हरिकला गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o७:oo

कांग्रेस सांसद चन्द्र भण्डारीको निवास बुद्धनगर काठमाडौंमा सिलिन्डरबाट ग्यास चुहिएर आगलागी  भएको छ । आगलागीमा परेर सांसद भण्डारी र उनकी अामा गम्भीर घाइते भएका छन् । चिकित्सकका अनुसार भण्डारीको शरीरमा करिब २५ प्रतिशत र उनकी ८६ वर्षीया माताको ७० प्रतिशत शरीरको भागमा असर गरेको छ ।

सांसद भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जनाएका छन्  । गएराति ग्यास सिलिन्डर विस्फाेट भएको हो ।

महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर हामीले राति नै स्वास्थ्य अवस्थाबारे जानकारी लियौँ ।  डा. चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी माताको ७० प्रतिशत शरीरको भागमा असर गरेको छ । अहिले आमाछोराको आइसियूमा राखेर उपचार भइरहेको छ ।’

(*सिलिन्डरबाट ग्यास चुहिएर आगलागी भएकाे हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएकाे छ ।सं.)