१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई ‘सचिव’ पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५o:oo

कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ‘सुपरप्रधानमन्त्री’को संज्ञा दिएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाए। 

उनले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ती प्रस्तुत गरिरहेको भन्दै तत्कालीन ओली सरकारमा भएको संसद् विघटन कायरता भएको तर्क गरे। सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रूपमा चित्रित गरे।

उनले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप लगाए। सांसद पौडेलले संविधानको रक्षा गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे ।