१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३ बुधबार
  • Sunday, 11 May, 2025
कमल खत्री म्याग्दी
२o७९ फाल्गुण ३ बुधबार ११:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जोमसोमबाट पोखरा जाँदै गरेको बस कालीगण्डकीमा खस्दा चारजना गम्भीर घाइते

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ फाल्गुण ३ बुधबार ११:५८:oo

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका– ३ धम्पुमा भएको बस दुर्घटनामा परेर चारजना गम्भीर घाइते भएका छन्।

जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को ना.७ख ७४४० नम्बरको यात्रुबाहक बस धम्पुस्थित कालोपत्रे सडकबाट कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो।

जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

बसमा सवार १७ जना यात्रुमध्ये चारजना गम्भीर घाइते भएका छन्। अन्य यात्रु भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ। सडकबाट करिब ५५ मिटर तल कालीगण्डकी नदीमा बस खसेको प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्रनाथ पौडेलले जानकारी दिए।

दुर्घटनाग्रस्त बसमा १२ जना पुरुष, चारजना महिला तथा एकजना नाबालक यात्रु थिए। गम्भीर घाइते यात्रुलाई थप उपचारका लागि पोखरा पठाइएको छ। 

सामान्य घाइते यात्रुकाे थासाङ– ३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ पाैडेलले जानकारी दिए।दुर्घटनामा परेकाको प्रहरी, स्थानीयवासी र यातायात व्यवसायीले उद्धार गरेका थिए।