
समृद्धि फाइनान्सले ग्राहकलाई प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई परिवर्तन गरेको छ । फाइनान्सले एफवान सफ्ट इन्टरनेसनल प्रालिको बैंक स्मार्ट मोबाइल बैंकिङमा परिवर्तन गरेको हो ।
अब फाइनान्सका ग्राहकले मोबाइल बैंकिङबाट एनसिएचएलको नेपाल पे क्युआर मर्चेन्टका साथै फोन पेका क्युआर मर्चेन्टहरूमा पनि भुक्तानी गर्न सक्ने जनाइएको छ । त्यस्तै, फाइनान्सले ग्राहकलाई फोन पेको क्युआर मर्चेन्ट बनाउन पनि सक्ने भएको उल्लेख छ ।
समृद्धि फाइनान्सले हाल आठवटा शाखामार्फत आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ । यसले आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधा पनि प्रदान गरिरहेको जनाइएको छ ।