१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोकाकोलाले ल्यायो ‘चार्ज्ड’ नामक नयाँ पेय पदार्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४o:oo

कोकाकोला नेपालले चार्ज्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । कम्पनीले कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी र इन्फ्लुएन्जर्सहरूको उपस्थितिमा नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको हो । 

यो नयाँ पेय पदार्थले उपभोक्तालाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजिजिङ प्रदान गर्ने कम्पनीले जनाएको छ । चार्ज्डको लन्चसँगै कोकाकोला नेपालको बेभरेज पोर्टफोलियोमा बेरी–बोल्टको एउटा नयाँँ स्वाद थपिएको कम्पनीको भनाइ छ । उपभोक्तालाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरू उपलब्ध गराउने प्रतिबद्धतास्वरूप चार्ज्ड बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नेपाली युवाका आफ्नै महत्वाकांक्षा भएको र उनीहरूलाई आफ्नो आकांक्षा पूरा गर्नका लागि जिम्मेवारी लिन र सोहीअनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देशसहित चाज्र्ड बजारमा ल्याएको बताए । उनले भने, ‘यसमा भएको बेरी–बोल्टको स्वादले युवाहरूलाई नयाँँ स्वाद दिनुका साथै जीवनमा आइपर्ने अनिश्चिततालाई लिएर चिन्ता गर्नुको साटो चुनौतीको डटेर सामना गर्ने प्रोत्साहन गर्छ  ।’

बोटर्स नेपालका म्यानेजिङ डइरेक्टर दीपक सेन्ठीले नाथले आफ्ना उपभोक्तालाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै एक टोटल बेभरेज कम्पनी बन्ने कोकाकोला नेपालको रणनीतिलाई एक कदम अगाडि बढाएको बताए । चार्ज्ड नेपालभरका किराना पसललगायत डिपार्टमेन्ट स्टोरहरूमा दुई सय ५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध रहेको जनाइएको छ ।