Skip This
भित्र र बाहिरका शक्ति देश बरबाद बनाउन लागे : अध्यक्ष ओली
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भित्र र बाहिरका शक्ति देश बरबाद बनाउन लागे : अध्यक्ष ओली

अबको स्ववियु चुनावमा नेविसंघलाई छक्का प्रहार गर्नुपर्छ, हरेक क्याम्पसमा ब्याटिङ दरो गर्नुपर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५४:oo

एमाले अध्यक्ष केपी ओलीले भित्र र बाहिरका शक्ति देश बरबाद बनाउन लागेको बताएका छन्। अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मंगलबार ओलीले देशलाई प्रहार गर्न लागेका वेला एमालेले रोक्न गेटको पाले भएर काम गर्नुपर्ने बताए। 

राजनीति सोझो हिसाबमा अघि नबढेको बताएका ओलीले पाँचदलीय गठबन्धन भत्किएर नयाँ सरकार बनाउन सफल भए पनि अबको स्थिति के हुन्छ भन्ने अनिश्चित रहेको बताए।

‘हाम्रो संसदीय बनावट अस्थिरता आउने खालको छ,’ उनले भने, ‘देश बरबाद बनाउन प्रहार हुन सक्छ, एमाले सचेत हुनुपर्छ। अहिले देशमा स्थायित्व हुन नदिने प्रचार भइरहेका छन्।’ 

यसअघि झन्डै दुईतिहाइको वामपन्थी आन्दोलनलाई परास्त गर्न देशबाहिर र भित्रकै शक्ति लागेको भन्दै उनले देशबाहिरका शक्तिसँग लड्न सफल भए पनि भित्रको प्रहार बढी भएको बताए। 

महाधिवेशनपछि ५ चैतमा हुने स्ववियु निर्वाचनमा लाग्न ओलीले विद्यार्थीहरूलाई निर्देशन दिए। हरेक क्याम्पसमा अनेरास्ववियुको झन्डा फहराउने गरी लाग्न उनको निर्देशन थियो।

‘अबको स्ववियु चुनावमा नेविसंघलाई छक्का प्रहार गर्नुपर्छ, हरेक क्याम्पसमा ब्याटिङ दह्रो गर्नुपर्छ, अबको प्रमुख काम यही हो,’ उनले भने। 

नेविसंघबाहेक अन्य संगठनलाई ओलीले ‘भाइबहिनी’को संज्ञा दिए। ओलीले अखिलको निर्वाचनमा उच्चस्तरीय समझदारी कायम गर्न आग्रह गरे। जसले नेतृत्व गर्न सक्छ उसैलाई जिम्मेवारी दिन उनको सुझाव थियो। 

अनेरास्ववियुका नेता-कार्यकर्ता व्यक्तिगत आकांक्षालाई त्यागेर राष्ट्रिय आकांक्षा बोकेर हिँड्नुपर्ने भन्दै उनले अनेरास्ववियुका कार्यकर्ता उत्कृष्ट हुनुपर्ने बताए। 

उनले भने, ‘परिचय-पत्र देखाएर होइन, कामको उत्कृष्टता र व्यवहारबाट अनेरास्ववियु हो भन्ने देखाउनुपर्छ।’

महाधिवेशनपछि अनेरास्ववियुको कार्यसमिति सानो हुँदै छ। यसअघिको विधान अधिवेशनले अबको कार्यसमिति एक सय ९९ सदस्यीय हुने व्यवस्था गरेको छ। अहिले पाँच सय १७ सदस्यीय कार्यसमिति छ। 

अब एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित एक सय ९९ सदस्यीय कार्यसमिति रहनेछ। अबको महाधिवेशनपछि उपमहासचिव रहनेछैन। नयाँ नेतृत्व चयन गर्दै अनेरास्ववियुको महाअधिवेशन ४ फागुनसम्म सम्पन्न हुनेछ।