१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

तीन लाखले अवलोकन गरे क्यान इन्फोटेक २०२३

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:o६:oo

भृकुटीमण्डपमा भएको क्यान इन्फोटेक २०२३ तीन लाख मानिसले अवलोकन गरेका छन्। कम्प्युटर एसोसिएसन महासंघ (क्यान)का अध्यक्ष रञ्जितकुमार पोद्दारले सोचेअनुसार नै अवलोकन कर्ताहरूको उपस्थिति भएको बताए।

मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरू अवलोकनका लागि आएका उनको भनाइ छ। आजबाट सकिएको इन्फोटेक मेला आगामी दिनमा सातै प्रदेशमा पनि सञ्चालन हुने पोद्दारले जानकारी दिए।

उनका अनुसार मधेसमा फागुन ५ देखि फागुन ९ सम्म, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७ सम्म, गण्डकीमा फागुन २६ देखि फागुन ३० सम्म र बागमतीमा चैत २ देखि चैत ६ सम्म क्यान इन्फोटेक हुनेछ। प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने बताइएको छ।

ad
ad