१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ माघ २९ आइतबार १३:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्योगी–व्यवसायीले फागुन ५ गते बैंकविरुद्ध सडक आन्दोलन गर्ने

Read Time : < 1 मिनेट
२०७९ माघ २९ आइतबार १३:१३:००

उद्योगी–व्यवसायीहरूका नाैवटा महासंघ र ३८ वटा संघहरूले बैंकविरुद्ध संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते बैंकहरूविरुद्ध बृहत् संयुक्त सडक आन्दोलन गर्न लागेको जानकारी दिए ।

व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताएका छन् । संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उद्योगी–व्यवसायीहरूमा रहेको सिन्डिकेट अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न लागेको बताए ।

लामो समयदेखि उद्योगी–व्यवसायीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासीन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरू राख्न बाध्य हुनुपरेको समितिले जनाएको छ । कोभिड महामारीलगायत विविध कारणले नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा समेत सरकारले व्यवसायीका कुनै पनि माग सम्बोधन नगरेको संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले बताए ।

बैंकहरूले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीको सिन्डिकेटविरुद्ध एकपटक एक भएर बाहिर आउन उनले सबै उद्योगी व्यवसायीलाई आह्वानसमेत गरेका छन् । फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्न नभई व्यवसायी र व्यापारीहरूको हितका लागि गर्न लागेको उनको दाबी छ ।